लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य


काठमाडौं, १९ बैशाख ।  आइतबारदेखि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बैठक नै नबसी अन्त्य भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरुको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको थियो ।अधिवेशन सुरु हुनुअघि नै मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि उक्त अधिवेशनको औचित्य नभएको भन्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आजै बैठक अन्त्यको आह्वान गरेका हुन् ।न्त्रिपरिषद्को आइतबार बसेको बैठकको निर्णय र मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा दिउँसो १२ बजे नै विशेष अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुखको पत्रमा उल्लेख छ । प्रदेश प्रमुखले बैठक अन्त्य भएको जानकारी गराएकाले सूचना टाँस गरेर अधिवेशन अन्त्य भएको जानकारी दिएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति