दाङमा पार्किङ गरेको कारभित्र मृत फेला परेका तीन बालकको पहिचान खुल्यो

काठमाडौँ, १९ वैशाख ।  दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको कार भित्र मृत फेला परेका तीनजना बालकको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित स्याउली बजारमा पार्किङ गरी राखेको इण्डियन नम्बर प्लेट जे ०१cc०८८५ नम्बरको निशानको कारभित्र मृत भेटिएका बालकहरु तुलसीपुर–६ बरुवागाउँकै रहेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतकहरु भिमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवास भन्ने सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण रहेका छन् । शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ।

यसअघि बैशाख १६ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा बालक हराएको भन्ने निवेदन परेको थियो। गत माघ महिना अगाडिदेखि पार्किङमा रहेको उक्त कारबाट दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि शनिबार राति घटना बाहिरिएको थियो । हाल बाँकेबाट घटना अनुसन्धान गर्न एउटा कुकुरसहित एक्सपर्ट टोली तुलसीपुर पुगेको छ । घटना गम्भीरजस्तो देखिने र यसको सूक्ष्म अध्ययन भैरहेको प्रहरीले जनाएको छ । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादव गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको खुलेको प्रहरीले जनाएको छ ।प्रहरी स्रोतका अनुसार प्रहरी अनुसन्धानकालागि गाडी मालिक गैरे र चालक पदम बस्नेतलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति