विहानै नेपालमा कोरोनाबाट थप १५ जनाको मृत्यु

काठमाडौं, १८ बैशाख ।  बाँके जिल्लामा उपचारको क्रममा रातभरीमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका तीन, दाङका २ र कपिलवस्तुका एकजना रहेका छन । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दाङ तुलसीपुर उपमहानगरपालिका –१७ का ४५ वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ । बैशाख १६ गते भर्ना भएका उनको १७ गते साँझ ७ बजे पीसीआर गरिएको थियो । उनको त्यस अघि नै मृत्यु भइसकेको थियो । नेपालगञ्ज उपमहानगरपालिका– ६ का ४७ वर्षीया महिलाको मेडिकल कलेज, कोहलपुरमा राती साढे नौं बजे मृत्यु भएको छ । बैशाख १७ गते भर्ना भएका उनको २६ गते पीसीआर गरिएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा कपिलवस्तु कृष्णनगर नगरपालिका – ५ का ५१ वर्षीय पुरुषको मृत्यु भएको हो । बैशाख १५ गते मेडिकल कलेजमा भर्ना भएका उनको भोलीपल्ट पीसीआर परिक्षण गरिएको थियो । गएराती १० बजे उनको मृत्यु भयो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० का ५५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ। वैशाख १३ गते पीसीआर गरेपछि १४ गते भेरीमा भर्ना भएका विरामीको राती ४ बजे मृत्यु भएको छ। मेडिकल कलेज, कोहलपुरमा कोहलपुर नगरपालिका वडा नम्बर ११ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। वैशाख १० गते कोहलपुरमा भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो। राती १२ः३० बजे उनको मृत्यु भयो। दाङ दंगीशरण गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय पुरुषको मेडिकल कलेज, कोहलपुरमा मृत्यु भएको छ। वैशाख ८ गते भर्ना भएका उनको ११ गते पीसीआर गरिएको थियो। राती ४ बजे मृत्यु भएको छ।योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १८ पुगेको छ भने यहाँ उपचार गराउन आउदा मृत्यु हुने एक सय १७ जना पुगेका छन्। यसैवीच कैलाली कञ्चनपुर र बुटवलमा पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।

कैलालीमा ३ जना कञ्चनपुरमा ४ र बुटवलमा २ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो । कैलालीमा जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको मृत्यु भएको हो । कोरोना संक्रमण देखिएपछि टीकापुर अस्पतालमा उपचाररत उनको शुक्रबार साँझ मृत्यु भएको हो ।यस्तै जिल्लाको लम्की चुहा नगरपालिका–५ की ५० वर्षीया महिलाको पनि मृत्यु भएको छ । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको शनिबार बिहान १ बजे मृत्यु भएको हो । शनिबार बिहानै कैलाली गोदावरी नगरपालिका १ का २८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । यता कञ्चनपुरमा भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष, भीमदत्त नगरपालिका–१४ की ४८ वर्षीया महिलाको महाकाली अस्पतालमा मृत्यु भएको छ भने एक जना होम आइसोलेसनमा थप एक जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१८ का एक ६८ वर्षीय पुरुषको होमआइसोलेसन मृत्यु भएको र दोधारा चाँदनीका १ जनाको डडेल्धुरा लैजाँदै गर्दा बाटोमा नै मृत्यु महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले जानकारी दिए। यसैवीच बुटवल कोरोना बिशेष अस्पताल बुटवलमा आजबिहानै २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

उपचारका लागि अस्पताल भर्ना भएका नवलपरासी र रुपन्देहीका २ जना संक्रमितको उपचारकै क्रममा बिहान मृत्यु भएको हो । नवलपरासी रामग्रामकी ४५ वर्षिया महिलाको बिहान ४ बजे उपचारका क्रममा मृत्यु भएको छ भने रुपन्देही सुछोधन ५ का ५५ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमका अनुसार रामग्राम १० की महिला कोरोना पुष्टि भएपछि हिजो मात्र अस्पताल भर्ना भएकी थिईन् भने सुद्धोधनका पुरुषको गत १३ गते कोरोना संक्रमण पुष्टि भएपनि १६ गते अस्पताल भर्ना भएका थिए ।

कैलाली,कञ्चनपुर र बुटवलमा पछिल्लो २४ घण्टामा ९ जना सगै बाँकेमा ६ जनाको मृत्यु भए सगै आज विहानै कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board