पुलभाँचिदा त्रिशूलीमा बेपत्ता भएकाको शव भेटियो


चितवन, १६ वैशाख :
पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव भेटिएको हो ।

भरतपुर महानगरपालिका–१ स्थित ठिमुरा–देवघाट जोड्ने पुल निर्माणका क्रममा वैशाख १२ गते भाँचिदा दुई बेपत्ता भएका थिए । बेपत्तामध्ये अर्काे एक जनाको बुधबार शव भेटिएको थियो । निर्माणाधीन अवस्थामा रहेको पुलमुनि उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका अनुसार शवलाई गोताखोरका टोलीले निकाली भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।


–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति