आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ ।
हिजो प्रतितोला ९१ हजार २०० रुपैयांमा कारोबार भएको सुनको मूल्य आज ७०० रूपैयांले घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५०० रूपैयां कायम भएको नेपाल सुनचांदी व्यवसाय महासङ्घले जनाएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयां रहेको छ । चांदीको मूल्य पनि आज घटेको छ । चांदीको मूल्य आज प्रतितोला १० रूपैयांले घटेर १ हजार ३ सय ५ रुपैयां कायम भएको महासङ्घले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board