काठमाडौं उपत्यकामा १६ गतेदेखि २२ गतेसम्म कडा निषेधाज्ञा (आदेशसहित)

काठमाडौं, १३ वैशाख । काठमाडौं उपत्यकामा बैशाख १६ गतेदेखि २२ गतेसम्म सार्वजनिक यातायता सञ्चालनमा रोक लगाइएको छ ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारीहरुको आजको संयुक्त बैठकले सो निर्णय गरेको हो । काठमाडौ जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बैशाख १६ गते विहान छ बजे देखि बैशाख २२ गते राती १२ बजेसम्म अत्यावश्यक सेवाका बाहेकका सार्वजनिक तथा निजी यातायात सञ्चालनमा रोक ।

साथै खाद्यसँग सम्बन्धित पसलहरू विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुला गर्न सकिने व्यबस्था गरिएको छ । साथै काठमाडौं उपत्यका प्रवेश गर्न चहाने व्यक्तिले अनिवर्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने व्यबस्था गरिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति