उपत्यकासहित ९ जिल्लामा निषेधाज्ञा हुनसक्ने

काठमाडौँ, १२ वैशाख । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले पहाडमा २ सय र तराई तथा उपत्यकाका जिल्लाहरुमा ५ सय संक्रमित भेटिएमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले त्यस्तो अवस्थामा स्थानीय निकायलाई निषेधाज्ञाको अधिकार प्रत्यायोजन गरेको छ ।

यससँगै विभिन्न ९ जिल्लामा तत्काल निषेधाज्ञा हुनसक्ने देखिएको छ ।ति जिल्लाहरुमा ५ सयभन्दा बढी सक्रिय संक्रमितहरु रहेका कारण निषेधाज्ञा हुनसक्ने देखिएको हो । जसमा काठमाडौँ, भक्तपुर र ललितपुर समेत उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । त्यस्तै, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा पनि ५ सयभन्दा बढी सक्रिय संक्रमित देखिएका छन् । त्यस्तै, पहाडी जिल्लाहरुमा पनि २ सयभन्दा बढी सक्रिय संक्रमित हुने बित्तिकै स्थानीय तहहरुले निषेधाज्ञा जारी गर्न सक्नेछन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति