सिद्धिकीको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौँ, १२ वैशाख
संविधानसभा सदस्य मोहम्मदी सिद्धिकीको निधनप्रति नेपाली कांग्रेस संसदीय दललेदुःख व्यक्त गरेको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज शोक विज्ञप्तिमार्फत संविधानसभा सदस्य सिद्धिकीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेपालका हरेक लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएकी सिद्धिकी २०६४ सालको पहिलो संविधानसभामा कांग्रेसका तर्फबाट संविधानसभा सदस्य हुनुभएको थियो । राजनीतिका साथै विभिन्न सामाजिक संस्थामा आबद्ध रहँदै आउनुभएकी नेत्रृ सिद्धिकी समाजसेवा र मानव अधिकारका क्षेत्र, विशेष गरी महिलाको हकअधिकारका लागि क्रियाशील हुनहुन्थ्यो । पार्टीको सङ्गठन, सुदृढीकरण एवं विस्तारमा सक्रिय रहँदै आउनुभएका उहाँको निधनले कांग्रेसले पार्टी एवं सामाजिक क्षेत्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।सिद्धिकीको यही वैशाख ११ गते निधन भएको थियो ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति