कोरोनाका कारण आपूर्ति प्रभावित हुने आशङ्का, खाली सिलिन्डर भरेर राख्न उपभोक्तालाई अपिल

काठमाडौं । आफूसँग भएको खाना पकाउने खाली ग्यास सिलिन्डर भरेर राख्न उपभोक्तासँग नेपाल एलपी ग्यास उद्योग सङ्घले आग्रह गरेको छ । सहज तरिकाले आपूर्ति व्यवस्था गर्न नेपाल आयल निगमले बुधबार सङ्घलाई खाली सिलिन्डर भरेर भण्डारण गर्न पत्राचार गरेको थियो । विगतमा कोरोनाका कारण भएको लकडाउनमा पनि ग्यास आपूर्ति अभाव हुन नदिएको र फेरि कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुने आशङ्कामा खाली ग्यासका सिलिन्डर तत्काल भरेर भण्डारण गर्न सङ्घले भनेको छ ।

सोहीअनुसार सङ्घले उपभोक्तालाई खाली सिलिन्डर भर्न अपिल गरेको छ । भारत विश्वकै सबैभन्दा बढी दैनिक कोरोना प्रभावित हुनेहरुको मुलुक बनिरहेको छ । यस्तो अवस्थामा आपूर्ति प्रभावित हुनसक्ने सम्भावना रहन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board