पर्सा र बझाङमा तीन सङ्क्रमितको निधन।

९ वैशाख

श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरोबाट ग्रसित महिलाको आज बिहान १ः१५ बजे र पुरुषको बिहान १०ः५० बजे उपचारका क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिनुभयो । 

उहाँले वैशाख ३ गते सङ्क्रमण पुष्टि भएको महिलाको स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको बताउनुभयो । त्यस्तै कडा निमोनिया र उच्च ज्वरोबाट पीडित पुरुषलाई वैशाख ५ गते अस्पताल भर्ना गरीएको र उनको वैशाख ६ गते रिपोर्ट पोजेटिभ आएको डा दासले जानकारी दिनुभयो । 

यसैसँगै कोरोना सङ्क्रमणकै कारण पर्सामा मृत्यु हुनेको सङ्ख्या ६० पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिनुभयो । पछिलो एक साताभित्र कोरोना सङ्क्रमणकै कारण: पर्सामा सात सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बझाङमा कोरोना सङ्क्रमित पुरुषको मृत्यु भएको छ । जयपृथ्वी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला अस्पताल सिमखेतका कोभिड स्थानीय स्रोत व्यक्ति नारायण जोशीले जानकारी दिनुभएको छ । सङ्क्रमित भारतको तामिलनाडु भन्ने ठाउँबाट चैत २९ गते बझाङ आएका थिए । उनले जिल्ला अस्पताल सिमखेतको प्रयोगशालामा वैशाख १ गते कोभिड एन्टिजेन्ट विधिबाट चेक गर्दा पोजेटिभ देखिएको थियो । सङ्क्रमितको स्वास्थ्यमा थप समस्या देखिएपछि थप उपचारका लागि कोहलपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको जोशीले बताउनुभएको छ ।

–––

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति