माधव समूहसंग कुनै सम्झौता नहुने, सम्झाई–बुझाई भने गर्ने : अध्यक्ष ओली

काठमाडौं ९ वैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई थप क्षति नहोस भनेर सम्झाई–बुझाई गरेको कुरालाई कसैले कमजोरी ठान्न नहुने भन्दै माधव पक्षले खुरुक्क पार्टीमा फर्किन चेतावनी दिएका छन् । ओलीले स्पष्ट गरे समूहगत रुपमा कुनै पनि सम्झौता नहुने र संवादको आफ्नो प्रयासलाई कमजोरी नठाने हुन्छ ।

नेपाल कम्युनिस्ट पार्टीको ७३ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा केन्द्रीय कार्यालय मदन नगरमा भवन निर्माणको शिलान्यास समारोहलाई सम्बोधन गर्दै ओलीले कसैले गुटको प्रतिनिधित्व गर्दै कुरा गर्न खोज्छ भने एमालेमा त्यो सम्भव नहुने थप स्ष्ट गरे ।

अध्यक्ष ओलीले बुधवार साँझमात्र माधव नेपालसँग एक्लै २ घण्टा वार्ता गरेर गल्ती महसुस गरेर पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेको जानकारी दिए । नेपालसंगको कुराकानीमा पनि समूहगत छलफल नहुने र गुटको भागबण्डा नगर्ने बताएको प्रसंग कोट्याएका थिए ।

उनीहरुले सडकबाट हामीलाई बिभिन्न ढंगले कारवाही गरेको भनेर नगरा पिटाएका हुन् । केपी ओलीलाई सिध्यायौं भनेका हुन् ।ओलीले स्मरण गरे ।

यति उपद्रो गर्दा पनि अर्को पार्टी खोलेर हिँड्दा पनि कारवाही नगरेर सम्झाइ बुझाई गर्नेमै हाम्रो प्रयास छ । भरसक पार्टीमा क्षति नहोस भनेर व्यक्तिगत तवरमा कुरा गर्ने,उनीहरुलाई सच्याउने र जिम्मेवारी दिने कुरा हुनसक्छ । तर समूहगत रुपमा वार्ता हुन्न ।

ओलीले प्रचण्ड माधव पक्षले कम्युनिस्ट आन्दोलन सिध्याउन माथिबाटै हान्नुपर्छ भनेर आफूलाई चारपटक साधारण सदस्यबाट समेत निकालेको आफूले नविर्सेको बताए । ओलीले अब एमालेमा फर्केर पनि फ्लोर क्रस गर्ने जस्ता अपराध सैह्य नहुने स्पष्ट गरे ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति