सूर्या ल्‍याबको पीसीआर रिपोर्ट बोकेका १२२ यात्रु विमानस्थलबाट फिर्ता

काठमाडौँ ८ वैशाख । काठमाडौं सिनामंगलको सूर्य ल्याबबाट कोरोना परीक्षण सम्वन्धी पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई वैदेशिक रोजगारीमा हिंडेका व्यक्तिहरु फिर्ता भएका छन् ।
विभिन्‍न देशमा जानका लागि सूर्या ल्‍यावको रिपोर्ट बोकेर विमानस्थल पुगेका यात्रुहरुलाई एयरलाइन्सले फर्काएका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘हिजो सूर्या ल्याबमा छापामा मारेर नक्कली पीसीआर रिपोट बनाएको खुलेपछि एयरलाइन्सले त्यो ल्याबमा परीक्षण गराएका यात्रुहरुलाई ओरालेका छन् ।’

मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन गरेरप्रयोगशालाका ६ कर्मचारीलाई पक्राउ गरेको थियो।पछिल्लो समय विदेश यात्रा गर्नेहरुका लागि नक्कली पिसीआर रिपोर्ट बनाउने प्रवृत्ति बढेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति