रुसी खोपलाई नेपालमा प्रयोगको अनुमति, खरिद प्रक्रियाका लागि बाटो खुला

काठमाडौं ७ वैशाख । रुसी खोप स्पुतनिक भी लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले रुसी खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको एक सूचनामार्फत सार्वजनिक गरेको छ ।

नेपालमा यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।ती दुवै देशबाट सहयोग र खरिद मार्फत गरेर २६ लाख डोज खोप नेपाल भित्रिएको छ । भारतबाट थप दश लाख खोप अझै आउन सकेको छैन। पछिल्लो समय भारतमै कोरोना संक्रमण तीव्र भएपछि खोपको त्यहीं हाहाकार भइरहेको बेला नेपालमा रुसी खोपलाई प्रयोग अनुमति दिइएको हो । अब नेपालमा रुसी खोप खरिदका लागि समेत बाटो खुलेको एक सरकारी अधिकारीले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board