एमाले नेपाल पक्षको ९ गतेको कार्यक्रम स्थगित

काठमाडौं ७ बैशाख ।

बढ्दो कोरोना संक्रमण भन्दै सरकारले २५ जनाभन्दा बढी भेला हुन प्रतिबन्धका लगाएका कारण एमालेको माधव नेपाल झलनाथ खनाल समूहले वैशाख ९ गतेका लागि आयोजना गरेको प्रज्ञाभवनको पार्टी स्थापना दिवस कार्यक्रम स्थगित गरेको छ ।

नेपाल समूहका प्रचार विभाग प्रमुख योगेश भट्टराईले मंगलवार प्रेस विज्ञप्ति जारी गरी वैशाख ९ गतेका लागि प्रज्ञा भवनमा आयोजित विशेष कार्यक्रम स्थगित गरिएको जानकारी गराएका हुन् ।कोरोना संक्रमण नफैलिएका जिल्लामा भने कार्यक्रमहरू यथावत रहेने भट्टसराई जनाएका छन्।
यससैबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका २७ जना सांसद रहेका नेताहरुलाई सांसदबाट कारबाही गर्नेगरी स्पष्टीकरण सोधेपछि एमालेको आन्तरिक विवाद विस्फोटक बनेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति