सर्वाेच्च अदालतमा दुई न्यायाधीश नियुक्त

काठमाडौँ, ६ वैशाख : राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वाेच्च अदालतका न्यायाधीशमा नियुक्त गर्नुभएको छ । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उहाँहरुलाई नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश हुनुहुन्छ । उहाँहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति