हठात् संसद अधिवेशन अन्त्य

काठमाडौं ६ वैशाख । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको चालु अधिवेशन अन्त्य गरेकिछिन् ।

सोमबारको मन्त्रिपरिषद्‍ बैठकले हठात् जस्तै लाग्ने गरी प्रतिनिधिसभाको चालु अधिवेशन आजै अपरान्ह १ बजेदेखि अन्त्यहुने गरी सिफारिश गरेको थियो ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो । संसदले यसबीचमा कुनै काम गर्न नसके भन्दै सर्वत्र आलोचना भएको थियो । चालु अधिवेशनमा प्रधानमन्त्री एक दिन पनि गएका थिएनन् । यस अधिवेशनमा कुनै पनि शिर्ष नेताले सम्वोधन समेत गरेनन् । दुई दिन पहिले भएको सर्वदलीय बैठमा प्रधानमन्त्री ओलीले अमेरिकी सहयोग एमसीसी ससम्वन्धी सम्झौता पारित गर्ने प्रस्ताव संसदमा पेश गर्ने बताएका थिए । तर आज हठात् अधिवेशन नै अन्त्य गर्ने निर्णय मा पुग्नुलाई रहस्यको रुपमा लिइएको छ । जेठ १५ गते बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति तथा कार्यक्रम पेश हुने भएकाले केही समयमा नै संसदको वर्षे अधिवेशन बोलाउनु पर्ने बाध्यता भने छ । पछिल्लो समय प्रधानमन्त्रीका विरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने आंकलन भइरहेको परिवेशमा अधिवेशन अन्त्य भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति