ह्विप उल्लंघन गर्ने तीन जनालाई निष्काशन, एकलाई सिफारिस

सुर्खेत ४ वैशाख । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले प्रदेश सभामा फ्लोर क्रस गर्ने तीन जना सांसदलाई कारबाही गरेको छ ।

प्रदेश कमिटीको शनिबार बसेको बैठकले अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई पार्टीको साधरण सदस्य नरहने गरी निष्कासन गरेको छ । ‘उहाँहरु प्रदेश कमिटी मातहतको कमिटीमा रहनु भएकाले प्रदेश कमिटीले नै कारबाही गरेको छ,’ प्रदेश सभा दलका नेता यमलाल कँडेलले भने, ‘प्रकाश ज्वाला भने महाधिवेशन आयोजक कमिटी सदस्य हुनु भएकाले केन्द्रमा कारबाहीको सिफारिस गरिएको छ ।’

चारै जनालाई सांसदबाट कारबाही गर्न भने हिजै केन्द्रीय कमिटीमा सिफारिस गरिएको थियो ।

ज्वालासहित चार सांसदले पार्टीको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । यस घटनाबाट एमालेको सत्ता तलदेखि माथिसम्म हल्लिएको विश्लेषण हुन थालेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति