थप रणनीतिका लागि कोटेश्वरमा प्रचण्ड–नेपालबीच छलफल

काठमाडौं ४ बैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएको छलफल अस्वीकार गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड एमाले बरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेस्वर पुगेका छन् । दुई नेताबीच कोटेश्वरस्थित बरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको घरमा बिहान एक घण्टा छलफल भएको हो। शुक्रबार मात्र कर्णाली प्रदेशमा नेकपा एमालेले फ्लोरक्रस गरेर नेकपा माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको हो ।

छलफलमा नेपाल एक्लै सहभागी थिए भने माओवादी केन्द्रबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।

उनीहरुबीच राजनीतिक परिस्थितिको विश्लेषण गर्दै अब कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।

पार्टी हितविपरीत काम गरेको भन्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले वरिष्ठ नेता नेपालसहित ४ नेतालाई पार्टीको साधारण सदस्यबाटै निलम्बन गरेका छन्। नेपाल पक्षले आलीको कारबाहीलाई वेवास्ता गर्दै देशभर समानान्तर कसमिटी गठनमा सक्रिय छ ।

नेपाल शुक्रबार ओलीको गृह जिल्ला झापा पुगेर समानान्तर कमिटि गठन गरेका थिए ।

शुक्रबार कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई नेपाल पक्षका ४ प्रदेश सांसदले पक्षमा मत दिएपछि शाहीको सत्ता मुख्य मन्त्री पद जोगिएको छ । कर्णाली प्रदेशको घटनाले एमाले र ओलीको सत्ता भने नराम्रोसंग झस्कन पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति