काठमाडौं फेरि विश्वकै वायु प्रदूषित एक नम्बर शहर

काठमाडौं । विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौं फेरि एक नम्बरमा पुगेको छ । प्रदूषण बढ्दा काठमाडौं उपत्यका आज धुम्मिएको छ । प्रदूषित वायुको कण र देशका विभिन्न स्थानमा लागेको डढेलोको धुंवा उपत्यकाको आकाशमा थुप्रिदा धुम्म भएको मौसमविद्को भनाइ छ ।

अझै केही दिनयता काठमाडौंमा पानी पर्ने र हावा चल्ने सम्भावना कम भएकाले प्रदूषण हट्न समय लाग्ने देखिएको छ । प्रदूषण बढेको भन्दै सरकारले यही चैत्र १८ देखि २१ गतेसम्म ४ दिनसम्म विद्यालय बन्दसमेत गरेको थियो । यो बीचमा वर्षा भएको तथा हावा चलेर केही खुलेको काठमाडौं उपत्यका फेरि प्रदूषित बनेको हो ।

आज बिहान साढे ८ बजेको मापनमा सबैभन्दा धेरै प्रदूषण धादिङको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ३४४ छ । काठमाडौं उपत्यका भक्तपुर, रत्नपार्क, भैँसेपाटीलगायतको क्षेत्रको एक्यूआई २ सयभन्दा कम छ । सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ । यसआधारमा काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ । आइक्यू एअरको बिहान ८ः४० बजेको अपडेटमा काठमाडौंको वायुमण्डलमा एअर क्वालिटी इन्डेक्स एक्यूआई) २३३ पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति