विश्वमै सवैभन्दा बढी भारतमा एकैदिन १ लाख ७० हजार संक्रमित, ९०४ को मृत्यु

काठमाडौं ३० चैत । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चलेसँगै भारतमा हरेक दिन थपिने संक्रमितको संख्याले नयाँ रेकर्ड बनाउँदै गएको छ। आज १ लाख ७० हजार संक्रमित थपिएका छन् भने ९०४ जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका संक्रमितको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो। योसँगै भारतले ब्राजिललाई पछाडि पार्दै दोस्रो नम्बरमा पुगेको छ।

भारतमा संक्रमितको संख्या १ करोड ३५ लाख २५ हजार ३६४ पुगेको छ। पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ३ करोड १९ लाख १८ हजार ५९१ रहेको छ। त्यस्तै, तेस्रो नम्बरमा रहेको १ करोड ३४ लाख ८२ हजार ५४३ रहेको छ।

पछिल्लो २४ घन्टामा कोरोनाबाट ९०४ जनाको मृत्यु भएको छ। योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार २०९ पुगेको छ।

अहिले भारतका १६ राज्य कोरोनाको चपेटामा परेका छन्। उच्च संक्रमण रहेका राज्यमध्ये नेपालसँग जोडिएको उत्तर प्रदेश दोस्रो नम्बरमा रहेको छ।

पछिल्लो २४ घन्टामा उत्तर प्रदेशमा १५ हजार २७६ संक्रमित थपिएका छन्। पहिलो नम्बरमा रहेको महाराष्ट्रमा ६३ हजार २९४ संक्रमित पुष्टि भएका छन्।

उच्च संक्रमण रहेका १६ राज्यमा महाराष्ट्र र उत्तर प्रदेशसँगै छत्तिसगढ, कर्नाटक, दिल्ली, तमिलनाडु, मध्यप्रदेश, गुजरात, हरियणा, राजस्तान, पञ्जाब, केरला, तेलंगा, उत्तराखण्ड, आन्द्र प्रदेश र पश्चिम बंगाल रहेका छन्।

नेपालसँग जोडिएका उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बंगाल पनि उच्च संक्रमण रहेका राज्यमा छन्। जसले नेपालमा पनि संक्रमणको जोखिम बढेको छ।

यी राज्यहरूमा बढीमा १० दिनमा संक्रमितको संख्या दोब्बर भइरहेको छ। संक्रमितको मृत्यु दर पनि पहिलो लहरको भन्दा बढी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अहिले भारतमा मृत्युदर १।७ प्रतिशत रहेको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति