काठमाडौं । भारतमा एकैदिन एक लाख ४४ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । गत २४ घण्टाभित्र भारतमा एक लाख ४४ हजार ८२९ जना नयां संक्रमित थपिएका हुन् । उक्त अवधिमा भारतमा ७७३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको वल्डोमिटर्सको तथ्यांक छ । भारतमा दैनिक संक्रमणको दर उच्च बन्दै गएको छ
जुन गत २४ घण्टामा थपिएको संक्रमित संख्याले पनि देखाउंछ । भारतमा हालसम्म कोरोना संक्रमितको संख्या एक करोड ३२ लाख दुई हजार ७८३ पुगेको छ । संक्रमितमध्ये एक करोड १९ लाख ८७ हजार ९४० जना निको भइसकेका छन् भने १० लाख ४६ हजार ३७६ सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म कोरोना संक्रमणका कारण एक लाख ६८ हजार ४६७ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया