पत्रकार महासंघमा विपुल पोखरेल प्यानलको वर्चस्व

काठमाडौं २६ चैत । नेपाल पत्रकार महासंघको चुनावी मतपरिणाम आउने क्रम जारी छ । पछिल्लो अपडेट अनुसार पत्रकार महासंघ रुपन्देहीमा प्रेस युनियनका रामराज पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् । सप्तरीमा पनि प्रेस युनियनका श्रवणदेवको प्यानल विजयी भएको छ ।, रुकुम पश्चिम शाखाको अध्यक्षमा लक्ष्मण केसी विजयी भएका छन् । सचिवमा हिरा परियार विजयी भएकी छिन् ।

यस अघि नै कास्की, तनहुं, बागलुंग, स्यांजा, मुस्तांग, पर्वत लगायतका जिल्लामा पनि प्रतिपक्षीदल निकट उमेदबारहरु नै विजयी भएका छन् ।
बाजुराको अध्यक्षमा छक्कबहादुर मल्लसहितको प्यानल विजयी भएको छ । यस्तै पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्षमा किरणमान बज्राचार्य विजयी भएका छन् । चितवनमा नारायण अधिकारीको प्यानल विजयी भएको छ ।

पछिल्लो मतगणना अनुसार लोकतान्त्रिक प्रगतिशील प्यानलबाट विपुल पोखरेलको टिमले धेरै ठाउँमा जित हासिल गरेको छ । प्रेस चौतारीबाट उम्मेद्वार बनेकी निर्मला शर्माको प्यानल पछाडि परेको छ । अध्यक्षमा स्वतन्त्र उमेदबार बनेका गजेन्द्र बुढाथोकीले पनि केही मत पाएका छन् ।
ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा, ललितपुर, मकवानपुर, नुवाकोट लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ । लुम्विनीका अधिकांश जिल्लामा पोखरेलको अग्रता छ भने सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ ।

भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ । गण्डकीका जिल्लाहरुमा प्रतिस्पर्धा छ । विभिन्न जिल्लाहरुमा अलग अलग मतगणना भइरहेकाले एकीकृत मतसंख्या आउन बाँकी रहेको महासंघका अध्यक्ष गोविन्द आचार्यले बताए ।

प्रदेश १

धनकुटामा मतगणना सकिदा विपुल पोखरेलले ८३ मत पाएका छन् भने निर्मला शर्माले ३३ र गजेन्द्र बुढाथोकीले ३ मत पाएका छन् ।

बरिष्ठ उपाध्यक्षमा पोखरेल प्यानलका रमेश विष्टले ८२ र शर्मा प्यानलका माधव नेपालले ३३ मत पाएका छन् । महासचिवमा रोशन पुरीले ७६ र बाकलकृष्ण बस्नेतले ३३ मत पाएका छन् भने सुबोध गौतमले ६ मत पाएका छन् । धनकुटाबाट पोखरेल प्यानलका सबै उम्मेदवार अगाडि छन् ।

उदयपुरमा पनि मतगणना सकिएको छ । अध्यषमा विपुल पोखरेलले ४४ मत पाउँदा निर्मला शर्माको ३८ र गजेन्द्र बुढाथोकीको १० मत रहेको छ । बरिष्ठ उपाध्यक्षमा रमेश विष्टको ५६ र माधव नेपालको २२ मत छ भने महासचिवमा रोशन पुरीले ४८ मत पाउँदा बालकृष्ण बस्नेतले ३५ र सुबोध गौतमले ४ मत पाएका छन् ।

सोलुखम्बुको मतगणना सकिदा विपुल पोखरेलले ३२ मत पाएका छन् भने निर्मला शर्माको २५ मत छ । ओखलढुंगामा पोखरेलले १८ र शर्माले २५ मत पाएकी छन् । भोजुपुरमा पोखरेलको १९ र शर्माको २० मत छ ।

लुम्बिनी

लुम्बिनी प्रदेशका सबैजसो जिल्लाबाट विपुल पोखरेल नेतृत्वको लोकतान्त्रिक प्रगतिशील नेतृत्व अगाडि आएको छ । प्रेस युनियन, प्रेस सेन्टर, माधव नेपाल निकट प्रेस चौतारी, प्रगतिशील पत्रकार संगठनहरुबीच भएको गठबन्धनबाट यो समूहले जिल्ला, प्रदेश तथा केन्द्र्रमा आफ्नो पक्षमा नतिजा सुरक्षित गरेको छ ।

गुल्मीबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ३९ र निर्मला शर्मालाई १९ मत आएको छ ।

पाल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४१ र निर्मला शर्मालाई ४७ मत आएको छ ।

रोल्पाबाट केन्द्रीय अध्यक्षमा विपुल पोखरेललाई ४६ र निर्मला शर्मालाई २८ मत आएको छ भने प्रदेश अध्यक्षमा बसन्त गिरीलाई ४७ र भरत केसीलाई २६ मत आएको छ ।

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशमा विपुल पोखरेल प्यानलले अग्रता लिएको छ । ४ जिल्लाको मत गणना सकिएको छ । उक्त जिल्लाहरूमा पोखरेलले अग्रता लिएका हुन् । बझाङ, डोटी र डडेल्धुरा पोख्रेलको बढी मत छ ।

दार्चुलामा निर्मला शर्माले बढी मत पाएकी छन् । प्रदेशका ४ जिल्लामा पोखरेलले २०६ मत पाएका छन् भने शर्माले ११८ मत पाएकी छन् । बैतडी, बाजुरा, अछामको अन्तिम मत परिणाम आउन बाँकी छ । कैलाली कञ्चनपुर मत गणना सुरु हुँदै छ ।

यस्तो छ ४ जिल्लाको मत परिणाम

दार्चुला
दार्चुलामा पोखरेलले २४ मत पाउँदा शर्माले ६६ मत ल्याएकी छन् । अन्य पदाधिकारीमा पनि शर्मा प्यानल नै अगाडि छ ।

दार्चुलामा भने अन्य पदाधिकारीमा शर्मा प्यानल अघि छ । दार्चुलामा वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई ६६, महिला उपाध्यक्षमा दाना केसीलाई ६७, महासचिवमा बालकृष्ण बस्नेतलाई ६५ मत छ ।

महासचिव पोखरेल प्यानलका वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई २४, महिला उपाध्यक्षमा बलाअधिकारीलाई २४ , महासचिवमा रोशन पुरीलाई २५ मत परेको छ ।

डोटी
डोटीमा अध्यक्षमा विपुल पोखरेललाई ६७, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६२ ,महिला उपाध्यक्षमा बलाअधिकारीलाई ४६ , महासचिवमा रोशन पुरीलाई ६४ मत परेको छ ।

डोटीमा निर्मला शर्माले १६ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले १० महिला उपाध्यक्षमा दाना केसीले ६ र महासचिवमा बालकृष्ण बस्नेतले १३ मत पाएका छन् ।

बझाङ
अध्यक्षमा विपुल पोखरेललाई ५१, वरिष्ठ उपाध्यक्षमा रमेश विष्टलाई ५४, महिला उपाध्यक्षमा बला अधिकारीलाई ५४ र महासचिवमा रोशन पुरीलाई ५१ मत परेको छ ।

निर्मला शर्माले १३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपालले ९ महिला उपाध्यक्षमा दाना केसीले १० महासचिवमा बालकृष्ण बस्नेतले ११ मत पाएका छन् ।

डडेल्धुरा
अध्यक्षमा विपुल पोखरेलले ६४ , वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले ६१ ,महिला उपाध्यक्षमा बला अधिकारीले ६५ र महासचिवमा रोशन पुरीले ५५ मत पाएका छन् ।

शर्मा प्यानलतर्फ अध्यक्षमा निर्मला शर्मालाई २३ , वरिष्ठ उपाध्यक्षमा माधव नेपाललाई २२ महिला उपाध्यक्षमा दाना केसीलाई २२ महासचिवमा बालकृष्ण बस्नेतलाई २७ मत परको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board