पत्रकार महासंघ ललितपुरमा गैरसरकारी गठवन्धनका सागर न्यौपानेको प्यानल विजयी

काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।

हिजो भएको निर्वाचनमा न्यौपानेले २९७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्दी बालमुकुन्द आचार्यले भने ६६ मत ल्याए भने सिर्जना तिम्सिनाले ४४ मत पाए ।न्यौपाने गैरसकारी गठवन्धनका उमेदवार थिए ।

त्यसैगरी, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका छन् ।

त्यसैगरी, कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दिपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।

पत्रकार महासंघ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board