गण्डकी प्रदेशबाट माओवदी मन्त्रीको राजीनामा, माओवादी रणनीति गुपचुप

पोखरा २५ चैत । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी आफ्नो पार्टीका दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

बुधबार बिहान बसेको गण्डकी प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापालाई फिर्ता बोलाउने निर्णय गरेको संसदीय दलका नेता रामजी बरालले जानकारी दिए।

‘आज बिहान बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी पार्टीका दुवै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ’, बरालले पत्रकारसंग भने । आजै मन्त्रीलेहरुले राजीनामा दिनुहुन्छ।’

उनले मन्त्रीहरुले राजीनामा दिए पनि सरकारलाई दिएको समर्थन भने यथावत नै राखेको बताए।तर पनि सरकार संकटमा पर्न गएको छ । ‘मन्त्रीहरुले राजीनामा दिए पनि सरकारले दिएको समर्थन भने तत्काल फिर्ता नहुने उनले बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ र माओवादी केन्द्रका १२ सांसद छन्। माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि तत्काल के गर्ने भन्ने बारेक केही खुलाएको छैन ।

गण्डकीमा नेपाली कांग्रेसका १५, राजोका ३ र जनता समाजवादीका २ सांसद छन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board