भारतमा कोरोना संक्रमण तिव्र : पछिल्लो २४ घण्टामा थप ९२ हजार संक्रमित

काठमाडौं, २२ चैत्र। भारतमा थप ९२ हजार ९९८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या सन् २०२१ कै धेरै हो ।

यसअघि (शनिबार) चैत्र २१ मा भारतमा यो वर्षको दोस्रो धेरै ८९ हजार १९ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २४ लाख ८४ हजार १२७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १६ लाख २७ हजार १२२ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ६ लाख ९२ हजार ३५० छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६४ हजार ६५५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ५१४ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति