महेश बस्नेत भन्छन् : एक हप्ताभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुहुन्छ

काठमाडौं । नेकपा एमालेका युवानेता महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक हप्ताभित्र संसद्मा विश्वासको मत लिने जानकारी दिए ।

फुङ्लिङमा आज आयोजित राष्ट्रिय युवा सङ्घ नेपालको जिल्ला कमिटी घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीकै पहलमा देशले विकासको गति लिँदै लिएको दावि समेत गरे । प्रधनमन्त्रीकै पहलमा गौरवको आयोजना तमोर कोरीडोरले गति लिँदै गएको नेता बस्नेतले बताए ।

उनले कम्युनिष्ट आन्दोलन भित्रका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि सरकार र पार्टीविरुद्ध लाग्ने नेताहरूलाई कारबाही गर्ने, स्पष्टीकरण सोध्ने र सच्चिएर पार्टीमा फर्कने अवसर प्रदान गर्ने एमाले केन्द्रीय कमिटीको निर्णयअनुसार नै पार्टी अध्यक्षले कदम चालेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति