कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

काठमाडौं २० चैत । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स ९एडिएफ० ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।

त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ । ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ । त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board