मकवानपुरको थाहा नगरमा नवजात शिशुको शव फेला

मकवानपुर । मकवानपुर जिल्लाको थाहा नगरपालिका–६ मा बिहीबार बिहान एक नवजात शिशुको शव फेला परेको छ ।

थाहा नगरपालिका–६ सरस्वती बजारस्थित नासलथान खोलाको बगरको छेउमा शालनालसहित एक नवजात शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार टाउकोपट्टिको भागमा टोकेको अवस्थामा नवजात शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको थियो ।

शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनास अधिकारी जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति