कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो ?

मानिसको आचरण र भाग्य पनि कस्तो हुन्छ त भन्ने कुरा जन्मबारबाट थाहा पाउन सकिने कुरा ज्योतिष विज्ञानले मान्दछ । यसर्थ जन्म बार अनुसार मानिसको स्वभाव कस्तो हुन्छ भनेर यहाँ उल्लेख गरिएको छ ।

आइतबार

– आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् । यस बार जन्मिएका मानिसका साथी धेरै हुन्छन् ।यो बार जन्मिएका मानिस निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहन्छन् ।

आइतबार जन्मिएका मानिस चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा लागेका हुन्छन् ।

आइतबार जन्मिएका मानिस सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर पनि उनीहरु चाडैँ रिसाउने स्वभावका हुन्छन् । साथै यसबार जन्मिएका मानिस धनवान पनि हुन्छन ।

आइतबार जन्मिएका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।

सोमबार

सोमबार जन्मेका व्यक्तिहरु आकर्षक र निकै तेज दिमागका हुन्छन । उनीहरु मुढी स्वभावका हुन्छन् । यो बार जन्मिएका मानिस संवेदनशील हुन्छन् तर, चाडै नर्भस पनि हुन्छन् ।

सोमबार जन्मिएका मानिस पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्न सफल हुन्छन्
। त्यस्तै , सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा पनि परिचित हुन्छिन् ।

सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।

मंगलबार

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् । यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।

यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।

उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ । यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्।

बुधबार

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् । यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।

बुधबार जन्मिएका मानिस नयाँ–नयाँ कुराहरु जान्न निकै उत्सुक हुन्छन् । साथ साथै उनीहरु सन्तुष्ट स्वभावका पनि हुन्छन् ।

बुधबार जन्मिएका व्यक्ति विश्वासिला र अरुले दिएका धोका नपचाउने खालका हुन्छन् । सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने स्वभाव यो बार जन्मिएका मानिसमा हुन्छ ।

हतपत नरिसाउने तर रिसाएमा फर्किन समय लाग्ने स्वभाव यो बार जन्मिएको मानिसमा पाइन्छ ।

बिहिबार

बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् । उनीहरु आदर्श स्वभावका हुन्छन् ।

बिहिबार जन्मिएका मानिसहरुमा नेतृत्व गर्ने गुण हुन्छ त्यसकारण उनीहरु आफ्नो क्षेत्रमा सधै उत्कृष्ट हुन्छन । यो बार जन्मिएका मानिसहरु मेहनती हुन्छन् ।

बिहिबार जन्मिएका मानिसका धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् । बिहिबार जन्मेका व्यक्ति आकर्षक हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार

शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुन्छ । यिनीहरु रचनात्मक क्षेत्रमा बढी हुन्छन् ।

शुक्रबार जन्मिएकाहरुालाई संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ । यिनीहरु मलिन स्वरले बोल्ने र मिठो मुस्कानका धनी हुने गर्दछन् ।

यिनीहरु आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
शुक्रबार जन्मिएका मानिसको साथी धेरै भएपनि असल साथी कम हुने गर्दछन् ।

शुक्रबार जन्मिएकाहरको सम्पत्ती अधिक हुने गरेपनि वचत कम हुन्छ । यिनीहरु खर्चालु स्वभावका हुन्छन् ।

शनिबार

शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । यसका साथै उनीहरु मेधावी, बुद्धिमानी स्वभावका हुन्छन् ।

यो बार जन्मिएका मानिस हाइ प्रोफाइलका सामान मन पराउने स्वभावका हुन्छन् । उनीहरुको संगत पनि हाइ प्रोफाइलका व्यक्तिसँग हुने गर्दछ ।

शनिबार जन्मिएका मानिसहरु काममा निपूर्ण हुन्छन् । शनिबार जन्मिएका मानिसहरु खर्चालु हुन्छन् । यिनीहरु विलासी जिवन मन पराउने खालका हुन्छन् ।

शनिबार जन्मिएका व्यक्तिहरु गित संगितमा बढी रुचि राख्ने हुन्छन् । आफ्नो दैनिक काममा निपूर्ण हुने गरेर नै होला शनिबार जन्मिएका मानिसहरु अलि जिद्धी स्वभावका हुन्छन् । आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्दछन् ।

यिनीहरको वैवाहिक जीवन सुखमय हुन्छ किनभने यिनीहरु आफ्नो पार्टनरलाई निकै केयर गर्छन् । शनिबार जन्मिएका मानिस सफल हुन्छन् । एजेन्सी ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board