भारतमा थप ५६ हजार ११९ जनामा कोरोना संक्रमण, मृतकको संख्या १ लाख ६२ हजार नाघ्यो

काठमाडौँ, १७ चैत्र । भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।सोमबारको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो । सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३५३ छ ।यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board