भारतमा थप ५६ हजार ११९ जनामा कोरोना संक्रमण, मृतकको संख्या १ लाख ६२ हजार नाघ्यो

काठमाडौँ, १७ चैत्र । भारतमा थप ५६ हजार ११९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।सोमबारको तुलनामा संक्रमितको यो संख्या करिव १२ हजारले कम हो । सोमबार भारतमा यो वर्षकै धेरै ६८ हजार २०६ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ पुगेको छ ।यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १३ लाख ९० हजार ८२९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजार ३५३ छ ।यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १४७ पुगेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ थप २६६ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति