आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

बझाङ । बझाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा आज एक शिक्षक प्रकाउ परेका छन् । जिल्लाको जयपृथ्वीनगरपालिका वडा नं ६ नौरामा रहेको भबानी माद्यामिक विद्यालयमा कार्यरत शिक्षक जगत सिहले जबरजस्ती करणी गर्न खोजेको पिडित बालीकाका दिएको वयानको आधारमा पक्राउ गरेको जिल्लाप्रहरी कार्यालय बझाङले जनाएको छ ।

चैत्र १४ गते साँझ पानी भर्न पधेरामा गएकोे वेला जबरजस्ती करणी गर्न खोजेको र पीडित बालिकाले दिएको वयानको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी रुपक खड्काले जानकारी दिए । जबरजस्ती करणी गर्न खोज्ने शिक्षकलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको भन्दै खड्काले कानुनी कारवाही गरीने बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति