होली खेल्ने क्रममा भएको मृत्यु भएका दुवै युवा कांग्रेस कार्यकर्ता

काठमाडौं । नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

कांग्रेसले आज प्रेस विज्ञप्ति जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको उपचार गर्न माग गरेको हो । जिल्ला सभापति दिपेन्द्र बहादुर थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा जिल्ला सदस्य प्रकाश कुंवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमला गरि योजनाबद्ध रुपमा हत्या गरेको उल्लेख छ । घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको सभापति थापाबाट जारी विज्ञप्तिमा छ ।

झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचार सरकारले गर्नु पर्ने कांग्रेसले माग गरेको छ । बागलुङमा होली खेल्न जम्मा भएका युवाहरुबीच हिजो भएको झडपमा परेर दुई जनाको मृत्यु भएको थियो । मृत्यु भएका कुंवर नेपाली कांग्रेस बागलुङको सदस्य हुन् भने अर्का दीपक कांग्रेस कार्यकर्ता रहेको कांंग्रेस बागलुङले जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति