भारतमा कोरोना संक्रमण तिव्र : २४ घण्टामा ६८ हजार बढीमा कोरोना सङ्क्रमण, २९५ जनाको मृत्यु

काठमाडौं, १६ चैत्र । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ । भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।

होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो ठाउँमा सार्वजनिक रुपमा भेला हुन र भीडभाड गर्न रोक लगाइएको छ ।

मुम्बईका मुख्यमन्त्री उद्धव ठाकरेले लकडाउनको अवधि लम्बिन सक्ने बताउनु भएको छ । त्यहाँ राति आठ बजेदेखि बिहान सात बजेसम्म कर्फ्यु छ । यस्तै, केरला, पन्जाब, महाराष्ट्र, गुजरात लगायतका राज्यमा पनि सुरक्षा सावधानीमा कडाइ गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board