कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानरगपालिका–१४ कलङ्कीमा अपरिचित व्यक्तिले प्रहार गरेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ । पहिचान नखुलेका अन्दाजी ५० वर्षका एक पुरुषको आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएका उनको शहीद मेमोरियल अस्पताल कलङ्कीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ढुङ्गा हान्ने व्यक्ति फरार रहेकाले खोजी जारी रहेको र घटनाको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यता ललितपुर महानगरपालिका–१८ मञ्जुश्री टोलस्थित वाग्मतीमा अन्दाजी ६० वर्षका एक पुरुष मृत फेला परेको र उनको पहिचान नखुलेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति