इङ्ग्ल्याण्डसँगको टी -ट्वान्टी सिरिज भारतलाई

काठमाडौं, ८ चैत ।  भारतले इङ्ग्ल्याण्डविरुद्धको ट्वान्टी-ट्वान्टी सिरिज ३-२ ले जितेको छ । गएराति भएको अन्तिम तथा पाँचौं खेलमा भारतले इङ्ग्ल्याण्डलाई ३६ रनले पराजित गरेको हो ।

भारतको जितका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ८० रनको अर्धशतकीय इनिङ्ग खेलेका थिए । यस्तै रोहित शर्माले ६४ रनको अर्धशतकीय इनिङ्ग खेले भने हार्दिक पाण्डेय ३९ रनमा अविजित रहँदा सूर्यकुमार यादवले ३२ रन बनाए ।

भारतले दिएको २ सय २५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्ड २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो । यसअघि भारतले दोस्रो र चौथो ट्वान्टी(ट्वान्टी पनि जितेको थियो । पहिलो र तेस्रो खेल भने पाहुना टोली इङ्ग्ल्याण्डले जितेको थियो । टी-ट्वान्टीको विश्व वरियतामा इङ्ग्ल्याण्ड शीर्षस्थानमा छ भने भारत दोस्रो स्थानमा रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board