स्पष्टिकरण सोध्ने निर्णय निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो – नेता रावल

काठमाडौँ, ७ चैत्र । खनाल–नेपाल समुहको नेकपा एमालेका नेता भीम रावलले ओलीले आफूलाई कारबाही गर्नु भनेको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले केपी ओलीले आफू समेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध भएको बताएका हुन।

यसैवीच नेता योगेश भट्टराईले पनि जनताको बहुदलिय जनवादले घुम्टो ओढेको दिन भनेर ट्वीटरमा पोष्ट गर्नुभएको छ ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले माधव कुमार नेपाल सहित ४ जनालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

नेता माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । बालुवाटारमा बसेको बैठकले पार्टी हितविरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाइ खुइलाउन र सरकारको बदनाम गराउ गुटगत भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । बैठकले संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हाटाउने, राख्ने या हेरर्फेर गर्ने अधिकार प्रधानमन्त्रीलाई प्रत्यायोजन पनि गरेको छ ।

यस्तै, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरुको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

बैठकले अदालत, निर्वाचन आयोग र अन्य आधिकारिक निकायमा पार्टीको तर्फबाट गरिने सबै कामको अख्तियारी पार्टी अध्यक्षलाई दिने निर्णय पनि गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति