गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवस मनाइँदैछ ।स्मृति दिवसको अवसरमा आज नेपाली कांग्रेस र कांग्रेस निकट भातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । चार पटक प्रधानमन्त्री र एकपटक राष्ट्रप्रमुख समेत बनेका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

उहाँ २०४८ सालको आमचुनावमा नेपाली कांग्रेसले बहुमत ल्याएपछि पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२÷६३ सालको दोश्रो जनआन्दोलन, तत्कालीन नेकपा माओवादीसँगको शान्ति सम्झौतालगायतमा उहाँको भूमिका महत्वपूर्ण छ । कोइरालाको निधनपछि सरकारले २०७१ जेठ १५ गते नेपाल रत्न मानपदवीबाट सम्मानित गरेको थियो । उनका दुई दाजु वीपी कोइराला र मातृकाप्रसाद कोइराला पनि प्रधानमन्त्री भएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति