एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दल र केन्द्रीय कमिटी बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १०ः३० बजे संसदीय दल र बिहान ११ बजे १२ औँ केन्द्रीय कमिटी बैठक बस्ने एमालेका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

संसदीय दलको बैठकले एमालेको संसदीय दलसम्बन्धी विधानलाई संशोधन गर्ने बताइएको छ । यही चैत ५ गते बसेको संसदीय दलको बैठकले एमालेका प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय विधान संशोधन कार्यदल गठन गरेको थियो ।

यसैगरी केन्द्रीय कमिटी बैठकले महाविधेशन आयोजक कमिटी बनाउने कार्यालय सचिव रिजालले बताए । एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति