प्रिमियर लिगमा लिड्स युनाइटेडसँग फुलह्याम पराजित


काठमाडौँ, ७ चैत । इङ्ग्लिस प्रिमियर लिगमा गएराति भएको खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।

लिड्स युनाइटेडले फुलह्यामलाई २–१ गोल अन्तरले हराएको हो । लिड्सका प्याट्रिक वामफोर्डले खेलको २९ औं र राफिन्हाले ५८ औँ मिनेटमा गोल गरे ।

फुलह्यामका जोचिम एन्डरसेनले ३८ औँ मिनेटमा एक गोल फर्काए । जितसँगै लिड्स २९ खेलमा ३९ अङ्ककासाथ ११ औँ स्थानमा रहेको छ ।

फुलह्यामको ३० खेलमा २६ अङ्क छ । फुलह्याम अङ्कतालिकाको १८ औं स्थानमा छ । प्रिमियर लिगमा ७१ अङ्कका साथ म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board