सुत्केरीको शंकास्पद मृत्युपछि श्रीमान् पक्राउ

दुल्लु, ५ चैत । ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुर सँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ । मृतक हस्तनाका यसअघि तीन छोरी छन् । नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् । मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति