कालीमाटीमा अब किसानका लागि छुट्टै स्टल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कालीमाटी फलफूल तथा तरकारी बजारमा किसानका लागि छुट्टै स्टल राख्ने व्यवस्था गरेको छ ।

फलफूल तथा तरकारी बजार विकास समिति बोर्डले किसानका लागि छुट्टै १२ वटा स्टल दिने भएको हो । किसानले अब आफूले उत्पादन गर्ने तरकारी तथा फलफूल लगेर सिधै स्टलमा राखेर बेच्न पाउने छन् । एक जना किसानले २० घण्टाका लागि यो स्टल प्रयोग गर्न पाउने छन् । यदि कुनै किसानले आफ्नो तरकारी बेचिसकेर स्टल खाली भए अर्को किसानले पनि प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ । अब देशका जुनसुकै किसानले यो स्टलमा आएर आफ्नो उत्पादन बेच्न पाउने छन् ।

टाढा टाढाबाट आउने किसानका लागि भने एउटा रिजर्भ स्टलको व्यवस्था गरिएको छ । स्टल राखेबापत किसानले प्रतिकेजी २० पैसाको दरले दैनिक भाडा तिर्नुपर्नेछ । कालीमाटी फलफूल तथा तरकारी थोक बजारमा उपभोक्ताले पनि साढे दुई किलोदेखि बढीका तरकारी थोक मूल्यमा नै खरिद गर्न सक्ने छन् । यसअघि व्यपारीले किसानबाट तरकारी खरिद गरी बिक्री गर्दै आएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति