पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि, के मा कति बढ्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयांका दरले बढाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयां पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयां पुगेको छ । यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयांले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति