लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोट :आठ घाइते एकको अवस्था गम्भिर

काठमाडौं, १ चैत्र । सिरहाको लहानस्थित मालपोत कार्यालयमा भएको बम बिस्फोटको घटनामा ८ जना घाइते भएको खुलेको छ। कार्यालयमा आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक ९एसपी० सुदीप राजभण्डारीले जानकारी दिए । उनका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।

उनको शरीरको विभिन्न भागमा चोट लागेको छ, एसपी भण्डारीले भने, हाम्रो डीएसपी साब नेतृत्वको टोलीले दिनेशसहित बिस्फोटमा परी घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाएको हो। उनका अनुसार दिनेशको सप्तरीस्थित एक अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै गम्भीर रहेका उनको थप उपचारका लागि काठमाडौं पठाउन हेलिकप्टर मगाउने तयारी गरिरहेको छ। बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लक्ष्मी राणा, लालबाबु बिक, बेचनी मगर, फुलकुमार ठाकुर, बद्री नारायण यादव, भोलाबहादुर मगर छन्। प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारी अनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ। गोइतले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका छन्। पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय भएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति