प्रिमियर लिग : म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं, १ चैत । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ ।

फुलह्यामलाई ३-० गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । जितसँगै सिटीको ७१ अङ्क भएको छ ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको सिटीको भन्दा १७ अङ्क कम ५४ अङ्क रहेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा बर्नलीले एभर्टनलाई २–१ गोलले पराजित गरेको छ ।

यस्तै क्रिष्टल प्यालेसले वेष्ट ब्रुमलाई १-० गोलले पराजित गरेको छ भने लिड्स युनाइटेड र चेल्सीबीचको खेल गोलरहित बराबरीमा रोकिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति