नेकपा एमालेको बैठक छिटो बोलाउन माधव नेपाल पक्षको माग


काठमाडौं, २८ फागुन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले तुरुन्तै पार्टीको बैठक बोलाउन माग गरेको छ ।

एमालेका उपाध्यक्ष भीम रावलका अनुसार बिहीवार बसेको नेपाल निवास कोटेश्वरमा बसेको स्थायी कमिटीको सदस्यको भेलाले बैठक बोलाउन माग गरेको हो । उक्त बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता थियो ।

सर्वोच्चको आदेशअनुसार एमाले पुनस्स्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएकाले तत्कालै बैठकको माग गरिएको रावलले जानकारी दिए ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएको थियो । त्यसयता नेकपा एमालेको औपचारिक बैठक बस्न सकेको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति