नेकपा प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २४ फागुन। सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दैछ । नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठक बस्न लागेको हो ।प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज बिहान ११ बजे पेरिसडाँडामा बस्नेछ। सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो।समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग हिजै छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति