नेकपा ‘नाम’ को विवादमा सर्वोच्च अदालतले आज फैसला दिँदै

काठमाडौं । नेकपा नाम विवादमा आज सर्वाेच्च अदालतले फैसला सुनाउंदैछ ।
नेकपाको नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ ।न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलाशले दुवै पक्षको वहस समाप्त गरी निसुमा राखेको थियो । आफूले दर्ता गरेको नेकपा निर्वाचन आयोगले अरुलाई दिएकाले बदर हुनुपर्ने माग गर्दै ऋषि कट्टेलले सर्वाेच्चमा मुद्दा दायर गरे । कट्टेलको मुद्दामा नेकपा विवाद चरम भइरहेको समयमा फैसला आउन लागेको हो । आजवाट प्रतिनिधिसभाको हिउंदे अधिवेशन पनि सुरु हुंदैछ ।

निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुङ्गोमा पु¥याउन सकेको छैन । यो अवस्थामा हुन लागेको फैसलाई चासोका साथ हेरिएको छ । सर्वोच्चले अब नेकपा नाम कसको हुने भन्ने फैसला गर्नेछ । यदि सर्वोच्चले नेकपा कट्टेलको हुने ठहर गरेमा एमाले र माओवादी एकीकृत भएर बनेको पार्टीको नाम बदर हुनेछ । सर्वोच्चले नेकपा नाम सत्तारूढ दलको पक्षमा हुनुपर्ने भनी गरेको निर्णयसमेत लिखित रुपमा सर्वोच्चमा पेश गर्न भनेको छ । एकीकृत पार्टीलाई पनि किन नेकपा नै राखिएको भनी सर्वोच्चले जवाफ माग गरेको थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति