प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति पूर्वउपकुलपतिहरूको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई प्राज्ञिक मर्यादाको पालना गर्न पूर्वउपकुलपतिहरूले आग्रह गरेका छन् । झापामा हिजो झापामा व्यवसायी दुर्गा प्रसाईंले स्थापना गरेको क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गरेको भाषणप्रति पूर्वउपकुलपतिहरूले असहमति जनाएका हुन् ।

पूर्वउपकुलपतिहरू महेशकुमार उपाध्याय, केदारभक्त माथेमा, सुरेशराज शर्मा, कमलकृष्ण जोशी, नविनजंग शाह, तोरणबहादुर कार्की, कैलाशनाथ प्याकुरेल, खगेन्द्र भट्टराई, हिराबहादुर महर्जन र नरेशमान बज्राचार्यले संयुक्त रूपमा विज्ञप्ति जारी गरी चिकित्साशिक्षा क्षेत्रमा अनावश्यक सरकारी हस्तक्षेप र प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असहमति जनाएका हुन् । उनीहरूले समय छँदै गल्ती सुधारी प्राज्ञिक मर्याताको पालना गर्न आग्रहसमेत गरेका छन् । चिकित्सा क्षेत्रमा सरकारले नै चुनौती थोपर्दै लगेको भन्दै उनीहरूले चिन्तासमेत जनाएका छन् ।

चिकित्सा शिक्षासम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले सरकारलाई दिएको सुझावअनुसार बनेको ऐनमा कुनै पनि विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई एमबीबीएसको सम्बन्धन दिन नपाउने व्यवस्था छ । ‘परन्तु, उक्त ऐनको उपेक्षा गर्दै काठमाडौं विश्वविद्यालयले अरु थप कलेजलाई सम्बन्धन दिने निर्णय गरेर नितान्त गैरकानुनी एवं गैरजिम्मेवारी कार्य गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board