काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई पदबाट हटाएर देखाउन चेतावनी दिएका छन् ।मंगलबार आफ्नो गृहजिल्ला झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सजिलो नभएको बताए ।
अहिले आफूलाई हटाए पनि डेढ वर्षपछि हुने चुनावबाट दुई तिहाइ ल्याएर सिंहदरबार फर्कने दावी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिल्यै भन्दिन चाहन्छु, डेढ दुई वर्षपछि चुनाव हुन्छ । त्यसमा दुई तिहाइका साथ जितेर सिंहदरबार फर्किन्छु ।’
प्रधानमन्त्री ओलीले आफूले अदालतको फैसलाको सम्मान र कार्यान्वयन गर्ने बताउंदै आफू अदालतमा मुद्दा हाल्न नगएको बरु अदालतको आदेश पालना गर्न तयार रहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकार नेपाली जनताको कम्फर्टेबलका लागि भएको र अरुका लागि आफूले केही नसोचेको समेत बताए ।
COMMENTS