ताप्लेजुङ दोभान बजारको आगलागी नियन्त्रणभन्दा बाहिर, ५५ घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङको मेरिङ्देन गाउंपालिका—३ मा रहेको दोभान बजारमा भीषण आगलागी भइरहेको छ । आज बिहान करिब १० बजे भोला पौडेलको घरबाट विद्युत् सर्ट भएर लागेको आगो अझै निभाउन सकिएको छैन । अहिलेसम्म दोभान बजारका ५५ घर पूर्ण रुपमा जलेर नष्ट भइसकेको छ ।

अहिले आगलागी भएको क्षेत्रमा ताप्लेजुङको दमकल पुगिसकेको र छिमेकी जिल्ला पांचथरदेखि पनि दमकल आउंदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए । सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाउन पहल गरिरहेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति